साउदी महिलाले पनि सेनामा भर्ना हुन पाउने

असोज २४, एजेन्सी । अब साउदी महिलाले सेनामा भर्ना हुन पाउने भएका छन् । साउदीले आफ्नो राज्यको आर्थिक सुधारका लागि महिलाहरूले पनि राज्यमा सेवा दिन सक्ने जानकारी दिएको हो।

‘महिलाहरूको अधिकारका लागि अर्को एक पाइला’ साउदीको परराष्ट्र मन्त्रालयको ट्वीटरमा लेख्दै जानकारी दिएको छ। तत्कालका लागि साउदीका महिलाहरूले पहिलो श्रेणीको सिपाही, अमल्दार र हुद्दीसम्म हुन पाउने छन्।

साउदीमा गत वर्ष मात्रै महिलाहरूलाई सुरक्षा बलमा भर्ना हुन पाउने नियम लागू गरिएको थियो। अहिले साउदीका महिलाहरूले कुनै संरक्षक बिना विदेश भ्रमण गर्न र गाडी चलाउन पनि पाउँछन् । पर्यटन प्रवद्धनमा गर्दै आएको साउदीले विदेशी पर्यटक भित्र्याउन विभिन्न कदमहरू चाल्दै आएको छ । केही दिन अघि मात्र साउदीले विदेशी महिलाहरू कुनै अनुमति बिना पनि होटलमा बस्न पाउने व्यवस्था गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.