अपडेटः सिन्धुपाल्चोक बस दुर्घटना, मृतकको संख्य ११ पुग्यो ५ जनाको सनाखत

प्रारम्भ खबर ।
असोज २४, काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा भएको हो । दुर्घटनामा मृत्यु भएका मध्ये ५ जनाको सनाखत भईसकेको छ । मृतकहरुमा चालक केदर महर्जन, हिरा श्रेष्ठ इन्द्रावती –९, विनोद लम्साल इन्द्रावती – ९, रितेश आचार्य इन्द्रवती– १०, संगीता अधिकारी–पाँचखल रहेका छन् ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । स्थानीयका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।

तस्बीरः गणेश भण्डारी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.