नुरु शेर्पा,
असोज २४, पोखरा । पोखरामा पर्ने मर्दी हिमालको मर्दी बेस क्याममा बैबाहिक सम्बन्ध गाँस्न पुगे थाइल्यान्ड नागरिक । प्रेम रहरको धागोमा बाधेर उडाउने चिज हो, प्रेम डरको डोरीमा आफैले बाधेर गर्ने चिज होइन, प्रेम एक जीवन बाध्ने डोरी हो । प्रेमले मानवीय जीवनलाई बिचालित र विखण्डन हुनबाट जोगाउने गर्दा छ। त्येस्तै प्रेमको डोरीमा बाधेर बैबाहिक सम्बन्ध गाँस्न थाइल्यान्डका नागरिक पुगे मर्दी बेस क्याम ।
कास्की जिल्लाको पोखरा माछापुच्छ्रे गाउँपालिका ९ को महत्वपूर्ण पर्यटकीय स्थल मर्दी हिमालको फेदीमा पर्ने मर्दी हिमालको बेस क्याममा बैबाहिक सम्बन्ध तथा बिबाह गर्न गाइड तेन्जि शेर्पाको नेतृत्वमा दुई प्रेमी र अन्य दुइ थाइल्यान्ड नागरिक सहित चार नेपाली नागरिक पुगेका छन् । आधुनिक युगमा फरक शैलीमा वैवाहिक सम्बन्ध गाँस्न थाइल्यान्ड देखी नेपालकै सुन्दर प्रकृति दृश्य देखिने उच्च स्थानमा रहेको पवित्र स्थाल मर्दीमा पुगेका पुगेका हुन । पोखरा देखी करिब तीन दिनको यातायात पछि पुग्ने मर्दी हिमालको बेस केममा दुई थाइल्यान्ड नागरिकले थाइल्यान्डकै परम्परा अनुसार बिबाह गरिएको छ यस ठाउँमा बिबाह गर्दा बिदेशी नागरिकहरु निकै ह्र्षित भएको अनुभव रहेको पाइन्छ यस्ता मनोरंजन दृश्य देखिने पवित्र स्थानमा विवाह गर्दा यस ठाउँको प्रचारप्रसार हुने र पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने स्थानीय व्यावसायिकहरुको भनाइ रहेको छ। गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ र सङ्घीय सरकारले घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफलता पुर्बक सप्पन्न गर्न मर्दी पैदलमार्ग संचालनमा ल्याएको स्थानीयहरुको भनाइ रहेको पाइन्छ मर्दी पर्यटन क्षेत्रमा थप प्रचारप्रसार प्रबर्द्धन गर्नले यस मर्दी पैदलमार्गमा पर्ने नयाँ ठाउँहरुमा थप टेवा पुर्याउने पर्यटन व्यावसायिकहरुको भनाइ रहेको पाइन्छ यस मर्दी पैदलमार्गलाई आज उच्चस्तरीय पर्यटक भित्र्याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मर्दी पैदलमार्गमा बिदेश नागरिक बन्द आन्तरिक नागरिक बाढी घुम्न आउने गर्दा छ ।

मर्दी हिमाल बेस केम समुद्री सतह देखी करिब ४५०० चार हजार पाँच सय मिटर उचाइमा रहेको पाइन्छ। यस ठाउँमा पुग्न गण्डकी प्रदेश कास्की जिल्लाको चर्चित पर्यटकीय शहर पोखरा देखी करिव एक दिन सडक यातायात पछि करिब दुई दिने पैदलमार्गको यातायात पछि लो क्याम हुदै हाइ क्याम पुग्ने गरिन्छ । यस ठाउँ अन्य ठाउँको तुलनामा भन्दा अलिक आबाज र दृष्य अबलोकन गर्न सक्ने ठाउँ रहेको पाइन्छ । यस मर्दी हिमालबाट माछापुच्छ्रे अन्नपूर्ण गाङ्गपुर्ण हिम्चुली साउथ अन्नपूर्ण जस्ता हिमशृङ्खलाहरु अबलोकन गर्ने सकिन्छ भने पोखराको फेवाताल समेत देखिने गर्दछ ।

