कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना

असोज २३, काठमाडौं । बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । श्वासप्रश्वासको समस्या भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरीका एसएसपी उत्तमराज सुवेदीले बताए ।

गत शुक्रबार महरालाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको थियो । महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएका महराले श्वासप्रश्वासमको समस्या भएको बताएपछि यसअघि नै उनलाई हिरासतमै अक्सिजन दिइएको थियो । महराविरुद्ध उनकै सचिवालयमा कार्यरत रोशनी शाहीले बलात्कार आरोप लगाएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.