भदैया धान उत्पादनमा कमी

असोज २३, कलैया । समयमा पानी नपरेका कारण बारामा कृषकले लगाएको भदैया धानमा १० प्रतिशत कमी आउने कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।

समयमा पानी नर्पनाले किसानले मात्राभन्दा बढी विषादी हाल्ने गरेको हुँदा माटोको उर्बरा शक्ति नासिने गरेकाले भदैया धानको बालामा चामलको दाना नलाग्दा उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

यस वर्ष कृषकले कूल १२ हजार ६०० हेक्टर क्षेत्रफलमा भदैया धानखेती गरेकोमा किसानले सो धान आफ्नो घरमा भित्र्याउन भ्याइनभ्याइ भएको प्रमुख यादवले भन्नुभयो । “विभिन्न प्रकारको विषादीको प्रयोग गर्दा उर्बरा शक्ति ह्रास भएको हँुदा उत्पादनमा स्वभाविक रुपमा कमी आउँछ”, कृषि ज्ञानकेन्द्रका प्रमुख यादवले भन्नुभयो । यसका लागि सम्बन्धित व्यक्तिको ध्यान जान जरुरी रहेको उहाँको सुझाव रहेको छ । गत वर्ष कृषकले ११ हजार ९२५ हेक्टर क्षेत्रफलमा भदैया धानखेती गरी प्रति हेक्टर चार दशमलव ७५ मेट्रिक धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.