गायक सुदनको गीतमा अन्जु र बिक्रमको रोमान्स ( भिडियो )

असोज २३, काठमाडौँ । बिगत लामो समय देखि नेपाली गीत संगीतमा क्रियाशील गायक सुदन गैरेले ‘सानी’ बोलको म्युजिक भिडियोको सफलता पछि नयाँ गीत ‘कोहिको माया हिरा’ सार्वजनिक गरेका छन।

नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाई  नाच्ने गाउने रमाइलो बनाउनको लागि अमेरिकाबाट  कोसेली स्वरूप गायक गैरेले  नयाँ गीत  सार्वजनिक गरेका हुन । यस गीतमा स्वर गायक सुदन गैरेको रहेको छ । किरण माइकलले गीतको शब्द लेखेका हुन भने किरणले नै गीतमा संगीत भरेका हुन । संजय हमालले गीतको संगीत संयोजन गरेका हुन ।

डान्सिङ प्याटर्नको भिडियोमा अन्जु र बिक्रम फ़िचर्ड छन। बिष्णु थापा मगर र श्याम कुमार रायमाझीले सयुक्त रुपमा भिडियोलाई कोरियोग्राफी गरेका हुन । भिडियोलाई छायांकन र सम्पादन फराज अर्पणले गरेका हुन। गणेश शाहीले भिडियो   निर्देशन गरेका हुन ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.