असोज २३, हेलम्बु । स्वास्थ , अनुशासन , लगनशीलता , खेलाडि उत्पादन हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ विजया दशमी तथा शुभ दिपावलिको अवसरमा दोस्रो हेलम्बु गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता गर्ने भएको छ ।
हेलम्बु गाउँपालिकामा सक्रिय रहेको न्यु राईजिङ युवा क्लबले यहि असोज २५ देखि कार्तिक २ गते सम्म प्रतियोगिता गर्ने जनाएको छ । हेलम्बु गाउँपालिका भित्र रहेको प्रतिभालाई प्रोत्साहनस्वरुप अवसर प्रदान गर्ने यस प्रतियोगिताको उदेस्य खेलाडी उत्पादन संगै हेलम्बु लाई खेलखुदको माध्यमबाट देशब्यापी चिनाउने रहेको छ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने लाई क्रमशः रु ५०,०००।- (पचास हजार) , रु २५,०००।- (पच्चिस हजार) र रु १०,००० (दश हजार) नगद सहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।
यस क्ल्बले दोस्रो पटक गर्न लागेको यस प्रतियोगितामा पहिलो प्रतियोगिता भन्दा थप व्यवस्थित तरिकाले गर्ने क्लबका अध्यक्ष सुनिल दोङले जनकारी दिए संगै स्वास्थ र मनोरञ्जनको खेल फुटबललाई हेलम्बुमा बिकास गर्न अफु र आफ्नो क्लब लागी परीरहने र यस्ता प्रतियोगिताहरुको आयोजना गरिरहने समेत जनाए । हेलम्बु गाउँपालिका-२ किउल गनेस्यबगरमा हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ ।

