दशैँ टीकाकाे तेस्राे दिन आज पनि मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

असोज २३, काठमाडाैँ । बडादसैंको टीकाको तेस्रो दिन बिहीबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ ।

टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम जारी छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.