नेपाललाई सिरिज उपाधि कब्जा गर्न फराकिलो जितको आवस्यकता

असोज २३, काठमाडाैँ । पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज (बिहिबार) ओमानसंग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल दिउँसो नेपाली समयअनुसार सवाँ ३ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुई खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसंग पराजित भएको थियो ।

लिग चरणको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई भने पराजित गरेको थियो । सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व अप्रत्यासीत जित निकाल्ने दाउ नेपालको हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सत प्रतिशत सफलता साथ सिरिज उपाधि कब्जा गर्न चाहन्छ ।

ओमानले यसअघि आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराएको थियो । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.