नेपालमा ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ हुने

असोज १७, काठमाडौं । नेपालमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने भएको छ ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गर्ने उद्देश्यका साथ यही असोज २४ र २५ गते काठमाडौंमा पहिलो पटक सो सम्मेलन आयोजना हुन लागेको हो ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गराउने मुख्य उद्देश्यसहित काठमाडौंमा सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रेशम तमूले जानकारी दिए । दुई दिनसम्म चल्ने सम्मेलनमा विश्वका ४० वटा भन्दा बढी राष्ट्रका तमू प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको विश्वव्यापी घोषणा पत्र, तमू समुदायको उत्पत्ति, भाषा र संस्कृतिका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले सो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.