असार १०, काठमाडौं । राजधानीसंगै जोडिएको जिल्ला सिन्धुपाल्चोकमा यतिखेर किसानहरु आधुनिक खेतीतर्फ अग्रसर भएका छन् ।
जिल्लाका विभिन्न भूभागमा २०७१ को जुरे पहिरो र ०७२ सालको महाभूकम्पबाट क्षतविच्छेद भएका सिन्धुपाल्चोक जिल्लाका किसानहरु चुनौतिसंग लड्दै अहिले आधुनिक कृषितर्फ आकर्षित हुन थालेका छन् । मौसमी तथा बेमौसमी तरकारीको खेतीको सम्भावना भए पनि आवश्यक स्रोत साधनको पहुँचमा अझै पनि पछाडि परेको स्थानीय कृषकहरुको गुणासो छ ।
सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाउँपालिका तथा क्षेत्रहरुमा कृषिका लागि अनुकुल वातावरण रहेको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ अधिकृत हिम्मत कुमार श्रेष्ठ बताउँछन् । विशेष गरी मेलम्ची नगरपालिका, हेलम्बु, इन्द्रवती, पाँचपाखरीका माटो उर्वरा र खेतीयोग्य रहेको उल्लेख गर्दै किसानहरुलाई कृषिमार्फ आर्थिक आम्दानी गराउन क्षेत्रीय निर्देशनालय, मध्यमाञ्चल जिल्ला कृषि विकास कार्याय सिन्धुपाल्चोक चौताराले आधुनिक औजार, विऊ विजन तथा तालिम उपलब्ध गराएपछि केही सुधार आएको बताउँछन् ।
जिल्लामा पहाडी र हिमाली क्षेत्रले जोडिएको भौगोलिक अवस्थाका कारण विकास निर्माणमा समेत चुनौति आएको स्थानीयहरुको भनाई छ । त्यस भेगको मानिसहरुका मुख्य पेसा खेती र पशुपालन रहेको छ । विशेषता आलु, काउली, अलैंची, किभी, धान, मकै, कोदो तथा फलफुल उत्पादन गरिदै आएको छ । बाँकी भिडियोमा