असोज १६, काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीलाई धम्की दिइएको भन्दै पत्रकारहरुका संघसंस्थाले उनको सुरक्षामा चासो व्यक्त गरेका छन । नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका शिवाकोटीकै समाचारका कारण सभामुख कृष्णबहादुर महरा राजीनामा दिन बाध्य भएका थिए ।
पत्रकार शिवाकोटीले आफूलाई अज्ञात नम्बरबाट टेलिफोन गरेर धम्क्याइएको भन्दै सो बारे प्रहरीलाई मौखिक जानकारी गराएको बताएपछि उनको सुरक्षामा पत्रकारका संघसंस्थाले चासो व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ,प्रेस युनियन र अनलाइन पत्रकार संघले समाचार लेखेकै आधारमा धम्की दिएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले शिवाकोटीको सुरक्षामा महासंघको गम्भीर चासो रहेको बताए । सरोकारवाला निकायलाई उनको सुरक्षामा ध्यान दिन पनि उपाध्यो पोख्रेलले आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियनले पनि विज्ञप्ति जारी गर्दै शिवाकोटीको सुरक्षाको माग गरेका छन् । “यस सम्बन्धमा नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको बिहीबार बसेको आकस्मिक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम सुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महशुस गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छौं ।”
त्यस्तै अनलाइन पत्रकार संघले पनि समाचारमा चित्त नबुझे त्यसको उपचार खोज्ने बाटो हुादाहुादै पत्रकारलाई धम्की दि नु अशोभनीय भएको भनदै आपत्ती जनाएको छ । संघका अध्यक्ष शिव सत्यालले जारी गरेको विज्ञप्तमा शिवाकोटीको सुरक्षामा गम्भीर बन्न सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

