कुखुराको मासुको प्रयोग कसरी गर्ने ? हेर्नुस महत्वपूर्ण जानकारीहरु

कुखुराको मासु पकाउनुभन्दा अघि पखालेर खाँदा फुड पोइजनिङको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ। कुखुराको मासुलाई पखालेर पकाउँदा क्याम्पी लोबाक्टर ब्याकटेरियाको संक्रमण हुने अध्ययनमा उल्लेख छ।

कुखुराको मासुलाई पानीले धुँदा मानिसको हातमा, काम गर्ने ठाउँमा, लुगामा अनि खाना पकाउने भाँडामा ब्याकटेरिया फैलन सक्छ। क्याम्पी लोबाक्टर ब्याकटेरियाले फुड पोइजन गराउन सक्छन्। यो ब्याकटेरिया बेलायतमा फुड पोइजन गराउने कारण मध्ये एक हो। धेरै जसो यो ब्याकटेरियाको इन्फेक्सन पोल्ट्रीबाट नै आउने गर्छ। बेलायतमा बेचिने ५० प्रतिशत कुखुरामा यो ब्याकटेरिया हुने गर्दछ। क्याम्पी लोब्याकटर ब्याकटेरियाको फुड पोइजनिङले पेट दुख्ने, उच्च झाडापखाला तथा कहिलेकाहीँ २ दिन या ५ दिनको बीचमा बान्ता पनि गराउन सक्छ।

यो ब्याकटेरियाबाट कसरी बच्ने ?
१. कुखुराको मासुलाई एकछिन छोपेर यत्तिकै रहन दिनुहोस्
कुखुराको मासुलाई छोप्नुस् र केही समय फ्रिजको तल्लो भागमा राख्नुस् ताकी कुखुरामा रहेको रस अरु खानामा परेर संक्रमण नगराओस्।

२. कुखुराको काँचो मासुलाई नपखालौँ
ब्याकटेरिया कुखुराको मासुमा छ भने पकाएर जान्छ। क्याम्पी लोबाक्टर समेत पाक्छ। पकाउनु अघि पखाल्दा ब्याक्टेरिया झन् फैलिन सक्छन्। त्यसैले मासु पखाल्नु हुँदैन।

३. भाँडाकुँडा पखालौँ
कुखुराको मासु बनाउँदा सबै भाँडाहरु सफासँग धोइनुपर्छ, त्यसैगरी चपिङ बोर्ड अनि पकाउने एरिया सफा हुनुपर्छ। मासु छोइसकेपछि हात राम्ररी साबुनले पखालेर धुनुपर्छ। तातो पानीले हात धुनु राम्रो हुन्छ। यसले क्याम्पी लोब्याक्टर फैलिन बाट बचाउँछ।

४. राम्ररी पकाउनुस्
मासुलाई राम्रोसँग पकाउनु पर्छ। एक सय डिग्री सेल्सियसमा पकाउनु उत्तम हुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.