चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न सरकार उदासीन

असोज १६, काठमाडौं । सरोकारवालाहरुले चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन् ।

विहीबार काठमाडौमा आयोजित कार्यक्रममा उनीहरुले चिकित्सा शिक्षामा ऐनले तोके भन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजहरुले शुल्क फिर्ता नगर्दा समेत पनि सरकारले कुनै चासो नदेखाएको बताए ।

कार्यक्रममा मेडिकल एसोसियसनका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले निजी मेडिकल कलेजको मनोमानी बढ्दा पनि सरकारले आवश्यक पहल गर्न नसकेको बताए । निजी मेडिकल कलेजहरुले ऐनमा शुल्क र सिट संख्या निधारण हुंदा समेत विद्यार्थीको भविष्यमा नै खेलवाड हुने काम बढेको डा. श्रेष्ठले बताए । कार्यक्रममा अभिवक्ता दिनेश त्रिपाठीले चिकित्सा शिक्षा ऐन नै बेवारिसे बनाइएको भन्दै शिक्षा र स्वास्थ्य माफियाको हातमा गइसकेको तर्क गरे । आन्दोलनरत विद्यार्थीका तर्फबाट डा।चन्दन रमणले निजी मेडिकल कलेज सञ्चालक र सरकार दुवै बसेर छिटो समाधान खोज्नु पर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.