प्रदेश ऐन नबन्दा फोहोरमैला व्यवस्थापनमा कठिनाई

प्रारम्भ खबर ।
असोज १६, काठमाडौँ । प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको फोहोरमैला व्यवस्थापनमा ऐन नबनेकै कारण कठिनाई आएको बताएका छन् ।

फाहोरमैला व्यवस्थापन संघ नेपाल (स्वमान) को चौथो वार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएका हुन । प्रदेशको ऐन बनिसकेको छैन्, ऐन छिटै बन्ने वालामा छ, जनता र सम्बन्धित सरोकारवालासंग घनिभूत छलफल गरी सुझाव सहित ऐन बनाउने भएकोले समय लागेको स्पष्ट पारे । सभामुख श्रेष्ठले परम्परागत ढंगले सिसडोरमा मात्र फोहोर फालेर मूलुकमा समस्या समाधान नहुने बताउँदै प्रदेश सरकार र स्थानिय सरकारको तर्फबाट लगानी गरेर उत्पादन र रोजगारीलाई जोडेर फोहोरमैलाको व्यवस्थापन गर्नुपर्ने बताए ।

त्यस्तै पूर्व मन्त्री गणेश शाहले फोहोरमैला व्यवस्थापनमा थप नियमावली बनाउन आवश्यक रहेको बताउँदै सहजीकरण र व्यवस्थित गरी राष्ट्रिय अभियानको रुपमा लानुपर्ने बताए । विज्ञान र प्रविधिको प्रयोगबाट फोहोर प्रशोधन गर्न तालिमको आवश्यकता रहेको जिकिर गरे । उनले भने फोहोर व्यवस्थापन गर्न नसक्दा ७५ लाख नेपालीहरु मुट्टु रोगको विरामी भएको बताए ।

मंगलबार भएको उक्त कार्यक्रममा बोल्ने क्रममा विभिन्न सरसफाई अभियन्ता तथा फोहोरमैला व्यवस्थापन व्यवसायहरुले फोहोरमैला व्यवस्थापनमा राज्यको ध्यान नपुगेको आरोप लगाए । व्यवस्थापनका पक्षमा आवश्यक कोष निर्माण गर्न सरकारको चासो हुनुपर्ने उल्लेख गरे । फोहोरमैला व्यवस्थापन सामाजिक व्यवसाय भएकोले राज्यले त्यसमा कर उठाउनु दुःखद विषय भएको संस्थापक सचिव भुपाल आचार्यको बताए ।

फाहोरमैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्यको अध्यक्षतामा रहेको उक्त कार्यक्रममा बाग्मति सरसपफाई, चक्रपथ सरसफाई तथा उत्कृष्ट कार्य गरी फोहोरको व्यवस्थापनमा सकारात्मक शन्देश पु¥याउनुहुने अभियन्ताहरुलाई सम्मान गरिएको थियो । फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणका लागि क्रियशिल संघसंस्थाहरुवीच सूचना र प्रविधिको आदानप्रदान गर्न सहयोग गर्ने उद्देश्यका साथ ५९ वटा संस्थाहरुको सहभागीतामा फोहोरमैला व्यवस्थापना संघ नेपालको स्थापना भएको कोषाध्यक्ष बबरमान तामाङले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.