प्रशासकीय अदालतसम्बन्धी विधेयक २०७५ स्वीकृत

असार ८, काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो।

उक्त प्रस्तावमाथि सांसद रामनारायण बिँडारी, राधेश्याम अधिकारी, विमला राई पौडेल, जितेन्द्रनारायण देव र वृशेषचन्द्र लालले कर्मचारीको सरुवा बढुवाका सम्बन्धमा पुनरावेदन जानेलगायत विषयलाई विधेयकमा परिमार्जन गरिनुपर्ने खाँचो औँल्याएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.