रोल्पामा बस दुर्घटना, २ जनाको मृत्यु

असोज १३, रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका वडा नं. ३ निवासी २२ वर्षीय चालक यमबहादुर घर्ती र सो गाउँपालिका–२ शिर्प निवासी १९ वर्षीय यात्रु सूर्यलाल जिएम रहेका छन्।

रोल्पाका प्रमुख डिएसपी चित्रबहादुर गुरुङले आशिर्वाद यातायात प्रालिको ग १ ख ५५३७ नम्बरको बस झन्डै २ सय मिटर तल लुङ्ग्री खोलामा खसेको जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.