सुन प्रतितोला ७० हजारमा कारोबार

असोज १३, काठमाडौं । सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ६९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन (आइतबार) को तुलनामा सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (आइतबार) चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.