बूढानीलकण्ठबाट ठूलो परिमाणमा तयारी कपडा बरामद

असोज ११, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट आज प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १०ः०० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । बूढानीलकण्ठ नगरपालिका– ५ विष्णुमतीमा बा५ ख ६९३९ नं को बसको हुटमुनी सोच्दै नसोचेको ठाउँमा फल्सबटम बनाएर ४० बोरा कपडा राखेर ल्याएको पाइएको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । “भन्सार छलेर ल्याइएको लाखौंँको कपडा बरामद भएको छ, कपडा ल्याउने व्यक्ति र चालक फरार रहेकाले खोजी जारी छ, योजनाबद्ध रुपमा कपडा ल्याइएको पाइयो, अन्य थप अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक गिरीले भने । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.