असोज १०, काठमाडौँ । काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा चरम लापरवाहीका कारण विरामीको मृत्यु हुने क्रम बढिरहेको बेला फेरी अर्की विरामीको मृत्यु भएको छ ।
त्यस अस्पतालमा पत्थरीको अपरेशन गराउन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङ रहेकि छिन् । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । असोज ५ गते दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशन पछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताए ।
पटक–पटक लापरवाहीका कारण सामान्य विरामीको समेत ज्यान लिदै आएको ओम अस्पतालले २०७३ सालदेखि हालसम्म आईपुग्दा ४ वर्षमा ५ जनाको उपचारको क्रममा चिकित्सकको चरम लापरबाहीले मृत्यु भएको तथ्य फेला परेको छ ।
- २०७३ असोजमा संखुवासभा चैनपुरकी ५२ वर्षिया टंककुमारी न्यौपाने महिनावारी भएको बेला अत्यधिक रक्तश्राव भएपछि ओम अस्पतालमा आएर उपचारको क्रममा चिकित्सकको लापरवाही र हेलचेक्र्याइँले मृत्यु भएको थियो ।
- २०७४ साउनमा गोरखाकी ५५ वर्षिया नन्दकुमारी लामिछाने पत्थरी शल्यक्रिया गर्दा चिकित्सकको लापरवाहीले मृत्यु भएको थियो ।
- २०७४ भदौमा बुटवलकी ४० वर्षिया कमला भट्टराई नाकको शल्यक्रिया गर्दा चिकित्सकको लापरवाहीले उनको मृत्यु भएको थियो ।
- २०७६ जेठ ३० सिन्धुपाल्चोककी ४९ वर्षिया रामप्यारी थापा मगरको पत्थरी शल्यक्रियाको क्रममा चिकित्सकको चरम लापरबाहीले मृत्यु भएको थियो ।
- २०७६ असोज ५ गते २९ वर्षको अनिता गुरूङ धादिङबाट पत्थरी उपचारको लागी ओम अस्पतालमा हिडेर नै आएकी उनलाई पत्थरी उपचारको क्रममा चिकित्सकको लापरवाहीको कारणले मृत्यु भएको छ ।
ओम अस्पताललाई उपचारको नाममा खुलेआम मान्छेको हत्या गर्न छुट दिँदै बस्नु उचित नभएको विरामीका आफन्ताहरु बताउँछन् । सम्बन्धित निकायले अस्पताललाई छानविनको दायरामा ल्याई कारवाही गर्न सर्वसाधारणको माग छ । मान्छे मारेको आरोपमा रहेका राजधानीका अस्पतालहरुमा सम्बन्धित निकायले किन ध्यान पुग्दैन ? के छ त्यस्तो छुट ? संवेदनशील क्षेत्रमा नारा जुलुस, तोडफोड भईरहदा अस्पताल प्रशासनहरु किन मौन ? त्यस्तै मान्छे मारेको आरोप लागेका अस्पतालहरु नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी, शंकरापुरा अस्पताल जोरपाटी पनि रहेका छन् । सरकार ध्यान यता पनि पु¥याउने कि?

