असोज १०, काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ।
मनोज सिग्देल (युरेश) को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीतलाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन्। गीतकार सिग्देल र मोडल सम्पदा बानियालाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो।
आजकल यस्तै खालेको माहोल छ। सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हु।‘ूमोडल तथा गीतकार मनोज सिग्देल उरेस। सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ। गीतलाई कलर समिर मियाले गरेका छन्।

