पूर्व राज्यमन्त्री वि.क. जेल चलान

असोज १०, काठमाडौँ । नेपाल कम्पयुनिष्ट पार्टी (विप्लव समुह) का तत्कालिन ललितपुर जिल्ला इन्चार्ज तथा हालका उपत्यका व्यूरो इन्चार्ज नविन वि.क. जेल चलान भएका छन्।

गत बर्षको फागुन १० मा ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडी भएको बमबिस्फोटको घटनामा संलग्नताको आरोपमा यहि असोज ६ गते पक्राउ परेका बि.क.लाई ललितपुर जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा पठाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

अदालतको आदेशपछि उनलाई ललितपुरको नख्खु जेल चलान गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) संग सम्बन्धित विभिन्न लेख तथा डायरीहरु सहित पक्राउ परेका बि.क. २०६४ मा संविधानसभा सदस्य हुँदै स्थानीय विकास राज्यमन्त्री समेत भएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.