पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानहरुमा अनुगमन गर्ने

असोज १०, काठमाडौं । नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन अनुसारको सेवा सुविधा लागू गरे÷नगरेको बारेमा अनुगमन गर्ने भएको छ ।

महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट नेतृत्वको छुट्टाछुट्टै टोलीले शुक्रबारदेखि सञ्चार प्रतिष्ठानको अनुगमन गर्ने भएको हो । टोलीले रेडियो, टेलिभिजन, छापा र अनलाइन सञ्चार प्रतिष्ठानको अनुगमन गर्ने महासङ्घका महासचिव विष्टले जानकारी दिनुभयो । श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवा सुविधा उपलब्ध गराउन तथा श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा भोगिरहेका समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले अनुगमन गर्न लागिएको उहाँले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.