लोकल रक्सीलाई पनि सिलबन्दी सराह मान्यता दिनुपर्छ – वडा अध्यक्ष गजुरेल

प्रारम्भ खबर ।
असोज ९, काठमाडौँ । जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका अन्र्तगत वडा नं. १ का अध्यक्ष मकुन्द गजुरेलले स्थानीय रक्सीलाई पनि सिलबन्दी सराह मान्यता दिनुपर्ने बताएका छन् ।

विशेष गरी आफ्नो वडाका गागल भन्ने ठाउँ परापूर्वकालदेखि तामाङ बस्ती बसोबास गर्दै आएको र उहाँहरुको पेसा नै स्थानीय रक्सी उत्पादन गर्ने नै हो । जुन कोदो, मकै र स्थानीय उत्पादनकै हुन्छ । राज्यले यसलाई पनि विदेशी रक्सीलाई जस्तै मान्यता दिई करको दायरामा ल्याउनुपर्ने बताए । तर यो उत्पादनलाई विशेष गरी ग्रामिण उत्पादनलाई स्वास्थ्यवद्र्धक  छ कि छैन त्यो मापदण्ड चाँही राख्नुपर्छ । करको दायरामा राखेर राज्यले कानुनी मान्यता दिनुपर्ने वडा अध्यक्ष गजुरेलको भनाई छ ।

प्रारम्भ खबरको कुराकानीमा नगरपालिकाको ४० प्रतिशत भूभाग ओगटेको वडा भएको कारण लामो बाटो सडकहरु भएका कारण विकास निर्माणको कार्यमा चुनौती भएको बताए । प्रारम्भ खबरको कुराकानीमा नगरपालिकाको ४० प्रतिशत भूभाग ओगटेको वडा भएको कारण लामो बाटो सडकहरु भएका कारण विकास निर्माणको कार्यमा चुनौती भएको बताए । आफ्नो वडाबासीको आर्थिक तथा सामाजिक सम्पन्नताका सोच विचारलाई अगाडी बढाउनुपर्ने भन्दै त्यसको सहजीकारणका लागि आफु साधै तयार रहेको बताए ।

भिडियो कुराकानीः

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.