हेलमेटले हानेर ६ लाख रुपैयाँ लुटियो

असोज ९, काठमाडौँ । रूपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा हेलमेटले टाउकोमा हानेर ६ लाख रुपैयाँ लुटिएको छ ।

दुई जना लुटेराले रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाइकलमा जाँदै गर्दा उनीमाथि हेल्मेट प्रहार भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यसअघि गत भदौ २९ गते अज्ञात समूहले रूपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीलाई गोली प्रहार गरी ५ लाख रुपैयाँ लुटेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.