असोज ८, काठमाडौं । सिंगापुरमा त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरीएको छ ।
पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेश कुमार सिलवालले बिदाई गरेका हुन् । टोली आज राति सवा १० बजे सिल्क एयरमार्फत सिंगापुर प्रस्थान गर्नेछ ।
सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाबेसँगै सिंगापुरसँग २–२ खेल खेल्नेछ । सिरिज शुक्रबारबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्नेछ ।

