‘स्वास्थ्य मन्त्रालय एक्लैले फार्मेसीको अनुगमन गर्न सक्दैन’

असोज ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले फार्मेसीको अन्य मन्त्रालयको सहयोग विना अनुगमन नियमन र नियन्त्रणमा गर्न नसकिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री यादवले अनुगमनमा उद्योग र अर्थ मन्त्रालयले अनुगमन लगायतका क्षेत्रमा आवश्यक सहयोग नगरेको बताएका हुन् ।

उनले भने, “न्युट्रासुटिकल पदार्थ र भिटामिनहरु उद्योग मन्त्रालयमार्फत भित्रिने हुँदा यसको अनुगमनमा स्वास्थ्य मन्त्रालय एक्लैले केही गर्न सक्दैन् ।” औषधी पसल र फार्मेसीको अनुगमन नहुँदा बिना दर्ताका औषधी छ्याप्छ्याप्ती भेटिने गरेका फार्मेसी एशोसियसन नेपालका विवेकसिंह महतले बताए । “भिटामीन र न्युट्रासुटिकलको नाममा बाख्राका दुधको क्याप्सुल जसले विभिन्न रोग निको पार्छ भनेर बिक्री वितरण गरेको पाइएको छ,” उनले भने, “यस्ता कयाप्सुल सेवन गर्न बिरामीलाई बाध्य पारिरहेका छन् । यदि अनुगमन निकायले ध्यान दिए बिरामीलाई झुकाउने प्रवृति रोकिने थियो ।” जनस्वास्थ्य विद् डा. अरुणा उप्रेतीले घरमै उत्पादन हुने खानेकुरामा प्याप्त न्युट्रासुटिकल पाइने बताइन् । उनले भन्नि, “किन भिटामिन र पोषणका लागि ओमेगा थ्री, क्याल्सियम, भिटामिनजस्ता न्युट्रासुटिकल उत्पादनहरु व्यापारिक प्रयोजनले मात्र बिक्री वितरण भइरहेको छ । हाम्रै भान्सामा पाइने खानेकुरामा पर्याप्त ‘युट्रासुटिकल’ पाइन्छ ।”

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले ‘ड्रग पोलिटिक्स’का कारण खाद्य पदार्थको रुपमा भित्रिने ‘न्युट्रासुटिकल’ औषधीको रुपमा बिक्री भइरहेको बताए । औषधी व्यवस्था विभागका नारायणप्रसाद ढकालले सबै ‘न्युट्रासुटिकल्स’को सही प्रयोग भएको छ वा छैन भन्ने विषय अनुगमनमा ध्यान दिनुपर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.