हिंसा न्यूनीकरण गर्न शिक्षा र सीप आवश्यक : प्रदेशप्रमुख कोइराला

असोज ६, काभ्रेपलाञ्चोक । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले घरेलु हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिकलाई शिक्षा र सीपको आवश्यकता रहेको बताउनुभएको छ ।

बनेपा ब्वाइज क्लबद्वारा आयोजित ११ दिने बनेपा महोत्सव आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विशेषगरी बालबालिकालाई शिक्षा र महिलालाई आयमूलक सीप सिकाउनुपर्छ, यसबाट ब्यस्तताका कारण पनि घरेलु हिंसा न्यूनीकरण हुँदै जान्छ ।” उहाँले सीप सिकेका महिला मानसिकरुपमा बलियो हुनेहुँदा हिंसा न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

अठइस वर्षअघि महिलामाथि हुने हिंसा रोक्न माइती नेपाल संस्था स्थापना गरिएको जानकारी दिँदै उहाँले अहिलेको परिस्थितिमा महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्नु महत्वपूर्ण भएकाले यस प्रदेशका विद्यालयमा बालबालिकाको मानसिक एवं शारीरिक स्वास्थ्यका लागि नर्सको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ भन्नुभयो । होटलमा काम गर्ने १३ देखि १६ वर्षसम्मका मजदूर यौन शोषणमा पर्नसक्ने भएकाले तुरुन्तै अनुगमन गर्न जिल्लाका प्रशासन प्रमुख र सुरक्षा प्रमुखलाई प्रदेश प्रमुख कोइरालाले निर्देशनसमेत दिनुभयो । महोत्सव संयोजक हरि कर्माचार्यले ११ दिनसम्म चल्ने सो महोत्सवमा विभिन्न परिकारका खाद्यान्नसहित घरेलु सामग्रीका १३५ कक्ष राखिएको जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.