असार ७, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा अवैध रुपमा विष प्रयोग गरी माछा मार्नेको संख्या बिकबिगी बढेको छ ।
विष प्रयोगबाट त्यहाँ खोलामा रहेको कयौं जल प्राणीको मरण हुनुको साथै पानी समेत प्रदूषित भएको छ । खोलामा विष प्रयोग गरेपछि त्यही छेउछाऊमा माछा फार्म सञ्चालन गरेका व्यवसायीहरु यसको मारमा परेका छन् । खोलामा अत्यधिक विषको प्रयोगले विभिन्न प्रजातिका माछाहरु मरेर सोत्तर भएको जानकारी स्थानीय दिप किरण खड्काको फेसबुकबाट प्राप्त भएको छ ।
उनले आफ्नो माछा फार्मका सबै माछाहरु मरेर नस्ट भएको दुःख व्यक्त गर्दै त्यस्त अपराधीलाई कारवाही गर्न सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने भन्दै आफ्नो वालमा लेखिएको छ । माछा फार्ममा पुग्दा माछाहरु लाटिएका रहेछन्। केही सेता भएर पल्टिएको देखें। ट्याङ्कीमा जमेका पानीका पाइपहरु खोलिएका रहेछन्। माछहरु माथीमाथी तर परेर बसेका प्रस्ट देखिन्थ्यो। पछि एटम भाइको फोन खबर पाएं। नभन्दै ट्याङ्कीमा रहेका माछाहरु पनि मरेर सेतो भैइ पल्टिएको देखियो। खोलामा पनि माछाहरु किनारामा तर परेर बसेका छन् रे। म दौडिदै खोलामा पुगे। नभन्दै तिते माछाहरु सोतर भएको देखें। माथीसम्म पुग्दा असला, फगेटो, भित्ते माछहरु भिटभिटिएका देखें। मैले सयौं साना भूरा माछहरु छट्पटिएको भेटे, गर्न पो के नै सक्थें र ? दृश्यमा देखिएका केही मात्र हुन्।
हामीले करेन्ट लगाएर माछा सकाउने विरुद्ध बोल्यौं। हाम्रो खोलामा माछा यसरी सकिए भने हाम्रो अस्तित्व के हुन्छ। मेलम्चीमा वीष किन ? प्राकृतिक स्रोत, साधन र सम्पत्तिमाथी भएको यस्तो हमला जो सुकैले गरेको होओस्, कडा भन्दा कडा कदम चाल्न म सरोकारवालाहरुलाई भन्न चाहन्छु। भन्दै फेसबुकमा पोस्टाएको छ ।