असोज ६, काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष विभिन्न विधाका व्यक्तिहरुलाई दिँदै आएको पुरस्कारको घोषणा गरेको छ । ती पुरस्कार आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा काउन्सिलले आज असोज ६ गते प्रदान गर्ने प्रेषित वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा जनाइएअनुसार १ लाख ५१ हजारको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार गोविन्दबहादुर थापा,१ लाख ५ हजार रुपियाँको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार डा सुरेश आचार्य, ५० हजार रुपियाँको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार दैनिक नेपालगञ्जलाई, २० हजार रुपियाँको प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मो। हसन मियाँ र २० हजार रुपियाको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्वोध साहित्यिक त्रैमासिकलाई प्रदान गरिने भएको छ । यसैगरी जनही २० हजार रुपियाँको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार नेपाल भूषण न्यौपाने गोरखा (हाल काठमाडौं), शिवबहादुर कार्की (मोरङ्ग), सितारामप्रसाद बर्मा ( धादिङ्ग), यज्ञप्रसाद शर्मा ( मोरङ्ग), हरि जोशी (कञ्चनपुर),बालकृष्णप्रसाद (धनुषा,हाल काठमाडौ),शंकर कार्की (खोटाङ्ग,हाल काठमाडौं) ,विष्णुप्रसाद शर्मा (दैलेख) र विश्वमणी सुवेदी (सुनसरी हाल काठमाडौं) लाई दिइने भएको छ ।
त्यसैगरी जनही १५ हजार रुपियाँको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार मीना तिवारी (घिमीरे) काठमाडौ, अजयदीप शर्मा (रुकुम,हाल दाङ्ग),अमर खड्का (सुनसरी), डिलाराम भूषाल (कपिलवस्तु), करुण अर्याल (कपिलवस्तु, हाल काठमाडौं) ,विधान श्रेष्ठ (इलाम, हाल काठमाडौं) ,निलिफा सुब्बा (सुनसरी), मन्जिमा ढकाल (काठमाडौं) रसोमबहादुर थापा (कैलाली), रिंकू मिश्र (गायत्री) धनुषालाई दिइने भएको छ । त्यस्तै,२० हजार रुपियाँको प्रेस काउन्सिल वर्ष कर्मचारीको पुरस्कार सबिता बानिया र हर्कबहादुर श्रेष्ठले पाउने भएका छन् । १० हजार रुपियाँको प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार विपुल पाण्डेलाई प्रदान गरिने प्रेस काउन्सिलले जनाएको छ ।

