प्रारम्भ खबर ।
असोज ५, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद कृष्ण राईले खेलकूद क्षेत्रको विकासमा परिवर्तन ल्याउन झाडु लगाउनुपर्ने समय आएको बताएका छन् ।
काठमाडौको नयाँवस्तीमा नमूना बौद्ध चेस क्लबको आयोजनामा आयोजीत नमूना बौद्ध मस्टर्स चेस च्याम्पियनशीप–२०१९ को पुरस्कार वितरण कार्यक्रममा सो कुरा बताएका हुन । खेलकुद क्षेत्रमा राजनीतिकै कारण व्यापाक अनिमियतता रहेको बताउँदै त्यसलाई सुधार गर्न खेल क्षेत्रकै व्यक्तित्वहरुले गम्भीरता अपनाउनुपर्ने बताए ।

खेल क्षेत्रमा उन्नती चाहाने खेलाडीहरुले नेतृत्व गरेमा त्यस क्षेत्रमा राजनीति पनि पछि हट्ने सक्ने उनको तर्क थियो । खेललाई सम्वद्र्धन र विकासका पक्षमा प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरे । बुद्धिचाल अर्थात चेस खेलको प्रसंगमा अरु खेलमा जस्तो चेसमा झेल नहुने बताए । मुलुकमा चेसमा जस्तै झेल नहुने हो भने राजनीतिमा सुधार आउने बताए ।
त्यस्तै विशेष अतिथिको रुपमा रहेका प्रदेश सांसद तथा संविधान सभा सदस्य रामेश्वर फुयाँलले खेल क्षेत्रलाई विकास गर्न प्रदेश ३ सरकार तदरुकताका साथ अघि बढ्ने योजना रहेको बताए । जनआधारित खेल हुनुपर्ने बताउँदै प्रत्येक विद्यालय स्तरबाटै चेसलाई पाठ्यवस्तुमा समावेश गर्दै लैजानुपर्ने जिकिर गरे ।

भदौ ३१ गतेबाट सञ्चालित प्रतियोगीताबाट उत्कृष्ट बिजेताहरुलाई आज पुरस्कार वितारण गरेका छन् । नमुना बौद्ध चेस क्लबका अध्यक्ष निरञ्जन पुडासैनीले सम्पूर्ण बिजेताहरुलाई धन्यवाद दिर्दै सहभागी प्रतियोगीताको उत्साहलाई सम्मानका साथ आगामी दिनमा पनि चेस खेललाई व्यवस्थित रुपमा प्रतियोगीता गराउने बताए । चेस खेलको विकास र प्रर्वद्धनमा नमूना बौद्ध चेस क्लब योगदानमा कुनै कन्जुस्याई नगर्ने अध्यक्ष पुडासैनीले प्रतिबद्धतता गरे ।

