राजधानीमा मार्ग ईआरपीको सर्भिस सर्पोट सेन्टर सञ्चालन

असोज ४, काठमाडौँ । नेपालमा सेवाको पहुँचबाट बाहिरिएका लघु, साना तथा मझौला उद्योगलाई राम्रो बनाउन मार्ग ईआरपीले काठमाडौंमा आफ्नो सर्भिस सर्पोट सेन्टर सञ्चालनमा ल्याएको छ ।

नेपाल च्याप्टर “नेपाल ईआरपी इन्टप्र्राइजेज्” अन्तर्गत मार्ग ईआरपी दुई वर्ष अगाडि नेपालमा संचालनमा आएको र यसले कस्टुमाइज टेक्नोलोजी सोलुसनको माध्यमबाट पहिले देखि नै एमएसएमई क्षेत्रलाई डिस्रप्ट गर्न शुरु गरिसकेको छ । कम्पनीको लक्ष्य १५ जना स्थानीय साझेदारी तथा मार्ग कर्मचारीहरुको टोलीका साथ प्रत्येक महिना ३५० भन्दा बढि उद्यम तथा व्यवसायहरुलाई स्वचालित र कम्प्यूटराइज गर्ने रहेको छ । कम्पनीको भर्टीकल तथा होरिजेन्टल विस्तारका लागि उनीहरुले थप मानव जनशक्ति नियुक्त गर्दैछन् ।  देशका सरोकारवालाहरुसँग संलग्नता र अन्तक्रिया बढाउन नेपाल ईआरपी इन्टप्र्राइजेज (मार्ग ईआरपी) ले नेपाल बिजनेश पार्टनर मिट पनि आयोजना गरेको थियो । मार्ग ईआरपीका भारतका कन्ट्री हेड श्री प्रितेश प्रभाकर पाटिल, इन्टरनेशनल मार्केटिङ्गका सिनियर म्यानेजर तारकेराव सिंहले सम्बोधन गरेको उक्त बैठकमा नेपालका सातै वटा प्रदशेका साझेदारहरुको उपस्थीति रहेको थियो ।

विकासको मार्गमा प्रगति गर्दै मार्ग ईआरपीले नेपालमा ठुला अप्रेसनहरु शुरु गरेको कम्पनीले जनाइएको छ । कार्यक्रममा मार्ग ईआरपी नेपालका सिनियर म्यानेजरले फार्मेसी एसोसिएसनका अध्यक्ष श्री अमृत खनाल, अडिटर एसोसिएसन नेपालका सीईओ श्री नरेश खनाल तथा फेडेरेसन अफ नेपाल गोल्ड एण्ड सिल्भर डिलर एसोसिएसनका उपाध्यक्ष श्री माणिकरत्नले रचनात्मक छलफल गरेका थिए । यी सम्मानित संघहरुले कम्पनीको समाधानहरुप्रति प्रतिबद्धिता देखेका छन् र यस सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्न सहमत भएका छन् । मार्ग ईआरपी नेपालले देशमा सक्रिय रुपमा स्थानीय प्रतिभालाई प्रशिक्षण गर्नेछ र अभ्यस्त जनशक्ति उत्पादन गर्नेछ । कम्पनी लघु, साना तथा मझौला उद्योगको बढ्दो आवश्यकतालाई सहयोग गर्न देशमा उच्च दक्ष मानव विकास गर्न प्रतिबद्ध रहेको छ ।

कम्पनीको योजना र यसको भावी योजना बारे बोल्दै मार्ग ईआरपी लिमिटेडका प्रबन्ध निर्देशक सुधिर सिंह भने, “नेपालको लघु, साना तथा मझौला उद्योग आकर्षक छ र विश्वव्यापी बजारका लागि बेजोड अफरहरु रहेका छन् । हामी लघु, साना तथा मझौला उद्योगसँग मिलेर काम गर्न र उनीहरुको विकासको यात्रामा सक्दो तथा सम्भव भएसम्म समर्थन गर्न प्रतिबद्ध छौं । अत्याधुनिक टेक्नोलोजी सोलुसन, गुणस्तरीय सेवा प्रदान गर्न तथा ग्राहकहरुको समिप पुग्न हामी हाम्रो उपस्थीतिलाई बढाउनुका साथै कोरलाई सुद्दढ गरिरहेका छौं ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.