नमुना बौद्ध मास्र्टस चेसमा आशिष र नविनको अग्रता

असोज २, काठमाडौं । काठमाडौंमा जारी दोश्रो नमुना बौद्ध मास्र्टस चेस प्रतियोगितामा थापाथली चेस पार्कका आशिष फुँयाल तथा क्यान्डीडेटमास्टर नविन तण्डुकारले संयुक्त अग्रता बनाएका छन् ।

बुधबार सम्पन्न दोश्रो तथा तेश्रो चरणका खेलमा आशिषले क्रमशः क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मा तथा गोल्डेनगेट कलेजका सुदीप तामाङलाई हराए । त्यसैगरी नवीनले दोश्रो चरणमा थापाथली चेस पार्कका जर्नादन श्रेष्ठ तथा तेश्रो चरणमा गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थमाथि जीत हात पारे । तीन चरणको समाप्तिमा आशिष तथा नविन दुवैजनाको समान तीन—तीन अंक भएको छ ।

प्रतियोगिताका शिर्ष खेलाडी फिडेमास्टर रुपेश जयसवाल, पहिलो संस्करणका विजेता सुरवीर लामा, वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोतम चौंलागाईं, डायनामीक चेस एकेडेमीका क्यान्डीडेटमास्टर भुपेन्द्र निरौला, गजुरमखी चेस क्लबका प्रकाश नेपाल तथा क्यान्डिडेटमास्टर कृष्ण थापा, फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेनगेट कलेजका निकेन कुसाथा, राजन पुरी तथा प्रेमकृष्ण महर्जन समान २ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।

दोश्रो चरणको खेलमा सुमन लामालाई हराएका रुपेश तेश्रो चरणमा कृष्ण थापासँग बराबरीमा रोकिए । त्यस्तै सुरवीरले दोश्रो चरणमा सुमन राईलाई हराएभने तेश्रोमा प्रेमकृष्णसँग बराबरी खेले । दोश्रो चरणमा पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत दर्ज गर्न सफल पुरुषोतमले तेश्रो चरणमा प्रकाशसँग बराबरीको नतिजा आत्मसात गरे । त्यस्तै भुपेन्द्र र सुजेन्द्र बिचको खेल पनि बराबरीमा सकियो ।

गोल्डेनगेट कलेजका सुदीप तामाङ, फिडेमास्टर रिजेन्द्र राजभण्डारी, क्यान्डिडेटमास्टरद्धय क्षितीज भण्डारी तथा भगवतीप्रसाद शर्मा, तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, थापाथली चेस पार्कका सुमित पन्त, पुर्णराज खड्का, राजन सुवेदी, जर्नादन श्रेष्ठ, शुसील चौधरी, पुण्यमान कर्माचार्य, सुमन लामा तथा सुमन राई समान दुई—दुई अंक रहेको छ । त्यस्तै क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण कायस्थ तथा सजिन महर्जन, गणेशमान दुवाल, राजेन्द्र बज्राचार्य, सुसान आचार्य तथा नरेश स्थापीत समान १ दशमलब ५ अंकमा रहेका छन् । नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्वल टेक्नोप्लास्टको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बिहिबार चौथो तथा पाँचौं चरणका खेल सञ्चालन हुने कार्यक्रम संयोजक दयाराम काफ्लेले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.