आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुँदै

असोज २, काठमाडाैँ । केहीदेखि सक्रिय मनसुनी गतिविधि कम हुँदै गएर माैसममा सुधार आउन थालेकाे छ । आज देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएर केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुँदै जाने महाशाखाको भनाइ रहेको छ । केही दिन यता सिमसिमे वर्षा भइरहेको अवस्थामा महाशाखाले आज अपरान्हपछि मौसममा केही सुधार हुने जनाएको हो ।

अबको चार दिनपछि अर्थात सेप्टेम्बर २३ पछि यसपालिको मनसुन सकिँदैछ । यद्यपि यो क्रम सेप्टेम्बर महिना भरी जारी हुन सक्ने समेत मौसमविद्हरुको भनाई रहेको छ ।

मौसमविद बरुण पौडेलका अनुसार देशको पूर्वी र सुदूरपश्चिमका भागहरुमा आज आकाश खुलिसकेको छ भने मध्य क्षेत्रको आकाशमा भने बादल लागिरहेकै छ । तापनि विस्तारै वर्षा कम हुँदै जान थालेकाे छ । भोलि शुक्रबारदेखि भने मौसम सफा रहने सम्भावना रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.