प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

असोज २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गदै हुनुहुन्छ ।
प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लाग्नुभएको हो ।

यसअघि प्रधानमन्त्रीले गत भदौ १ मा संसद्मा सम्बोधन गर्नुभएको थियो । प्रतिनिधिसभा नियमावलीमा हरेक महिनाको पहिलो र तेश्रो साता प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्ने स्पष्ट व्यवस्था भए पनि सोको नियमित कार्यान्वयन भने हुनसकेको छैन । प्रधानमन्त्रीको आजको सम्बोधन समसामयिक विषयवस्तु तथा सरकारको कार्यसम्पादनमाथि सांसदहरुले उठाएका प्रश्न तथा जिज्ञासामा केन्द्रित हुनेछ ।

आजको बैठकमा शून्य तथा विशेष समयको कार्यक्रम भने हुनेछैन । सभामुख कृष्णबहादुर महराले अधिवेशन अन्त्यको तयारीबारे सदनमा संकेत गर्दै यसअघि नै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिनुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.