१३ औं साग पूर्वाधारको निरीक्षण सुरु

भदौ ३१, काठमाडौं । आगामी मंसिरमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्वाधारको निरीक्षण सुरु भएको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले बनाएको उपसमितिले आज दशरथ रंगशालाको निरीक्षण गरेको छ ।  नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवराम श्रेष्ठको संयोजकत्वमा रहेको समितिले काठमाडौं र पोखराका अन्य पूर्वाधारको पनि निरीक्षण र अवलोकन गर्नेछ । संयोजक श्रेष्ठले बाँकी काम समयमै सम्पन्न गर्नका निम्ति निरीक्षण दबाबमूलक रहने बताए । “बाँकी काम समयमा नै सम्पन्न गर्नको लागि हामी लागि पर्नेछौँ,” उनले भने ।

उद्घाटन हुने दशरथ रंगशाला स्तरोन्नतिको क्रममा छ । संयोजक श्रेष्ठले रंगशाला नबने साग हुन नसक्ने बताए । “अरु संरचना बनेपनि रंगशाला समयमा बन्न सकेन भने प्रतियोगिताको आयोजना हुन सक्दैन । प्रतियोगिताको सुरु र अन्त्य रंगशालामा नै हुुने हुनाले यसको निर्माणमा विशेष ध्यान दिन आवश्यक छ,” उनले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.