बुद्ध एयरलाइन्सको एटिआर ७२ जहाज काठमाडौंमा

भदौ २९, काठमाडौं । बुद्ध एयरलाइन्सको एटिआर ७२ जहाज काठमाडौं आइपुगेको छ ।

चेन्नइबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण भएको हो । यससँगै बुद्ध एयरको जहाज जहाज संख्या १३ पुगेको छ भने एटिआर ७२ जहाजको संख्या ८ पुगेको छ । बुद्धसँग अर्को तीन वटा एटिआर ४२ र १९०० डी जहाज पनि रहेको छ । यससँगै बुद्धले अक्टोबर महिनामा अर्को जहाज भित्र्याउन लागेको बताएको छ ।

यस नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्नेछ । आउँदा विभिन्न चाडपर्वहरुमा यात्रुहरुलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले जनाएको छ । थपिएको जहाजले नियमित मर्मतसम्भारमा सघाउ पुग्ने र उडानहरु नियमित तथा विलम्वलाई छोट्याउन सहयोग पुर्याउने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.