दोस्रो नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसीप-२०१९ काठमाडौमा हुने

प्रारम्भ खबर

भदौ २८, काठमाडौ । काठमाडौको बौद्धमा अवस्थित नमुना बौद्ध चेस क्लबले काठमाडौमा दोस्रो नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसीप २०१९ को आयोजन गर्ने भ​एको छ ।

काठमाडौ जिल्लामा सक्रिय खेलकुद क्लबकोरुपमा रहेको नमुना बौद्ध चेस क्लबले सनिवार काठमाडौमा पत्रकार सम्मेलनगरि यही भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसीप २०१९ को आयोजना गर्ने घोषण गरेको छ । त्यस्तै संविधान दिवसको दिनमा विशेष चेस खेल गर्ने पनि घोषण गरेका छन । प्रतियोगितामा प्रथम हुनेले रु ५१,०००।- दीतृय हुनेले रु ३०,०००।- र तृतीय हुनेले रु २०,०००।- नगद पुरस्कर रहेको छ भने उक्त विषेश खेलको क्रमशः पहिलो, दोस्रो , तेस्रो ,चौथो र पाँचौ हुनेले रु ६,०००।- , रु ५,०००।-, रु ४,०००।-, रु ३,०००।- र रु २,०००।- नगद पुरस्करको व्यवस्था रहेको जनएको छ । प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी र उत्कृष्ट एन।बि।सि।सि खेलाडीलाई पनि नगद पुरस्करको व्यवस्था रहेको छ । कुल १५ लाखको लागत रहने उक्त प्रतियोगितामा नेपालका मास्टर उपाधी प्राप्त सबै खेलाडीहरुका साथ राष्ट्रिय प्रतियोगिता विजेता, नेपालको तर्फबाट चेस ओलम्पिकमा सहभागी खेलाडीहरु, अन्य राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रतियोगिताका विजेता तथा रेटिङका आधारमा वर्तमानमा उत्कृष्ट लयमा रहेको महिला तथा पुरुष खेलाडीहरुको सहभागी रहने छ ।

प्रतियोगिताको पहिलो संस्करणको सफल आयोजना पश्चात सबैको रायसल्लाह सुझापलाई समेटेर थप आकर्षक योजना सहित नेपाल बुद्दिचाल संघसँको सहकार्यमा हुना लागेको उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसकेको जनाएको छ । यस नमुना बौद्ध चेस क्लबले प्रतियोगिताको पहिलो संस्करण २०७५ भदौ २८ देखी ३१ गतेसम्म सञ्चालन गरेको थियो । प्रतियोगिता काठमाडौको बाशुकी ब्यान्केट एन्ड रेस्टुरेन्ट गोकर्नेश्वोर -५ माा हुने छ ।

 

 

2nd Namuna Baudha Masters Chess Championship 2019

2nd Namuna Baudha Masters Chess Championship 2019

Posted by Prarambha Khabar on Wednesday, September 11, 2019

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.