प्रारम्भ खबर ।
भदौ २८, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका स्थित वडा १ मा पर्ने गागलमा विशाल कागको मूर्ति निर्माण हुने भएको छ । प्रदेश सांसद एवम् स्थानीय नेता रामेश्वर फुयाँलको अगुवाईमा एक हजार किलो कागको मूर्ति निर्माणमा स्थानीयहरु जुटेका छन् ।

शनिवार विहानैदेखि घर–घरमा गएर सांसद फुयाँल सहित स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरुको उत्साहजनक सहभागीतामा कवाड संकलन गरेका छन् । अष्टधातुको मूर्ति निर्माणको परिकल्पना गरेका सांसद फुयाँलले स्थानीयहरुको सहभागीताले उक्त मूर्ति चाडै निर्माण हुने विश्वास व्यक्त गरेका छन् । काम नलाग्ने पितल, तामा, चाँदी लगायत बस्तुहरुको संकलन कार्य नगरपालिकाको वडा १ बाट सुरु भई नगरभरीका स्थानीबासीको घर–घरमा अभियानसहित परिक्रमा गरेका छन् ।

‘कवाड दिनुहोस् तपाई, सम्पदा बनाउँछौ हामी’ भन्ने नारासहित जागारणमा हिडेका सांसद फुयाँलले गागललाई धार्मिक तथा सांस्कृति पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आर्थिक समृद्धिका लागि स्थानीय युवा तथा महिलाहरुलाई स्वरोजगर बनाउने लक्ष्य रहेको व्यक्त गरेका छन् । लोकतान्त्रिक सहिद उद्यान गागललाई विश्वमै चिनाउने उद्देश्यले अभियान सञ्चालनमा जुटेका फुयाँलले स्थानीयकै सहभागीतामा उक्त मूर्ति बनाउने बताएका छन् ।

सांसद फुयाँलले आफु संविधान सभा सदस्य रहदा पाँच लाख अन्र्तगत गागलमा सहिद उद्यान स्तम्भ र कागेश्वरी धाममा कागको स्तम्भ निर्माण भईसकेको उल्लेख गर्दै पर्यटकी क्षेत्र बनाउन नागरिक महाअभियानको रुपमा लागेको बताए । निर्माण हुन लागिएको कागको मूर्तिले विश्वकै पर्यटकहरुलाई आउने गन्तव्यको रुपमा परिणत हुने विश्वास व्यक्ति गर्दै सांसद फुयाँलले आगामी फागुन ७ गते भित्र निर्माण कार्य सम्पन्न हुने प्रतिवद्धतता व्यक्त गरे ।

त्यस्तै गागलका पूर्व गा.वि.स उपाध्यक्ष श्याम लामाले करिव १ हजार किलोभन्दा बढिको तामा, पित्तल लगायतका धान मिलका औजारहरु प्रदान गर्दै कागेश्वरीको मुहार फेर्नेमा विश्वास रहेको बताएका छन् । उक्त अभियानमा एक्लै व्यक्तिको मात्र सक्रियता भन्दा सिंगो गागलवासी, नगरवासी र नेपालीहरुको सहभागीता आवश्यक रहेको उल्लेख गर्दै पर्यटक भित्र्याउन त्यस प्रकारको सम्पदाले सहयोग पुग्ने बताए ।

गागलबाट मात्र २७ किलोभन्दा बढि कच्च पदार्थ संकलन भएको अनुमान गरिएको छ । त्यस्तै सांसद फुयाँलको घरबाट १७ किलो तामाको खडकुलो संकलन भएको छ । उक्त कार्यलाई सम्पन्न गराउन कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ का अध्यक्ष मकुन्दा गजुरेलले संयोजन गरिरहेका छन् । संकलनमा छुटेका सामाग्रीहरु वडा कार्यालयमा पु¥याउन समेत अध्यक्ष गजुरेलले आग्रह गरेका छन् । संकलन सामाग्रीमा तामाका गाग्री, खडकुलो, ताउलो, लोटा, जस्ता पाता आदि रहेको छ । संकलन कार्यक्रममा महिला, युवा, शिक्षकदेखि सामाजिक संघसंस्थाका प्रतिनिधिहरु समेत सहभागी रहेका थिए ।


