भदौ २८, हेलम्बु । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका नेकपाको अध्यक्षमा अर्जुन कुमार भण्डारी र सचीवमा दिपक लामिछानेलाई जिम्मेवारी पाएको छ ।
शुक्रबार भएको दोस्रो जिल्ला कमिटीको बैठकले हेलम्बु गाउँपालिकाको ईन्चाज पुर्पा ह्योल्मो सह- ईन्चाजमा छिरिङ ग्याल्बु लामा र बेन बहादुर पण्डित लाई चयन गरेको छ भने अध्यक्षमा अर्जुन कुमार भण्डारी त्यसैगरी सचीवमा दिपक लामिछाने लाई जिम्मेवारी दिएको छ । अध्यक्ष अर्जुन कुमार भण्डारी अनेरास्ववियु जिल्ला सचिव हुँदै जिल्ला अध्यक्षको सफल भुमिका निभाउदै हाल हेलम्बु गाउँपालिकाको अध्यक्षमा चयन भएको हो भने सचीव दिपक लामिछाने पुर्ब माओवादी जिल्ला संगठन सदस्य रहदै सक्रिय राजनीति गरिरहेको थियो ।
क्रमशः ईन्चाज र सह- ईन्चाजको जिम्मेवारी पाएका पुर्पा ह्योल्मो, छिरिङ ग्याल्बु लामा र बेन बहादुर पण्डित नेकपाको जिल्ला कमिटी सदस्य समेत सहेको छ ।

