बलिउड अभिनेत्री सन्नीले भनिन्,– ‘नेपाल विश्वकै सुन्दर देश ’

भदौ २७, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीको गीत ‘सन्नी हो मेरो नाम’ केही समय अगाडि सार्वजनिक भयो । तर यो गीत हिन्दी नभएर नेपाली चलचित्रको थियो । चलचित्र थियो, ‘पासवर्ड’ ।

त्यही चलचित्रको प्रिमियर ‘शो’मा हिजो सन्नी आइपुगिन् काठमाडौं । साँझ कुमारी हलमा ‘पासवर्ड’को प्रिमियरमा निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरेर देखिइन् उनी । नेपाली कलाकारहरुको माझमा सन्नी प्रस्तुत हुँदा उनको प्रतिक्रिया बुझ्न क्यामेरासहित सयौं पत्रकार कुमारी हल पुगेका थिए । भब्य आतिथ्य पाएकी सन्नीले उत्साहि हुँदै भनिन्, ‘नेपाल विश्वकै सुन्दर देश ।’

“विश्वकै सबैभन्दा सुन्दर देशमा उपस्थित हुन पाउँदा आनन्दित महसुस भएको छ । मलाई यो निकै नै उत्साहजनक समयमा सहभागी हुन पाउँदा खुशी लागेको छ,” उनले भनिन् । सन्नीले नेपाली चलचित्रमा आइटम नृत्य गर्न पाउँदा पनि खुशी लागेको भन्न पनि छुटाइनन् । आफूले नृत्य गरेको गीत आफूले पटकपटक सुनेको समेत सुनाइन् । सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पासवर्ड’ मा सन्नी आइट गीतको नृत्यमा मात्रै समावेश छिन् । चलचित्रमा नायक विक्रम जोशी, अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । चलचित्र आजबाट रिलिज भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.