भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कपडा सहित ५ जना पक्राउ

भदौ २६, धनुषा । जिल्लाको धनौजी गाउँपालिका–१ स्थित लखौरीमा अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडा सहित बिहीबार ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय राजेश कापर सहित ५ जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ ६ वटा मोटरसाइकलमा ७ वटा पोकामा राखी अवैध रुपमा ल्याउँदै गरेको उक्त कपडा सहित २ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राऊ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै उक्त कार्यमा संलग्न फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेका ५ जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.