भदौ २५। काठमाडौँ । आज बुधबार पनि नेप्से घटेको छ । नेप्से आज तीन दसमलव ४६ अंकले घटेर ११ सय ६३ दसमलव ३१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७९ अंकले घटेर दुई सय ५४ दसमलव ७८ अंकमा पुगेको छ ।
एक सय ७१ कम्पनीहरुको पाँच हजार चार सय ३० वटा कारोवारमा १५ लाख तीन हजार नौ सय २८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड १७ लाख ४५ हजार एक सय ३६ रुपैयाँ पुुगेको छ । १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव ७५ अंकले घटेर एक हजार ६८ दसमलव ९७ अंकमा पुगेको छ ।

