लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत

भदौ २५, काठमाडौँ । प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.