हजार किलोको कागको मूर्ति बनाउन कवाड संकलन गर्ने तयारी

प्रारम्भ खबर ।
भदौ २५, काठमाडौँ । काठमाडौँको गागलमा एक हजार किलोको कागको मूर्ति बनाउन कवाड संकलन गर्ने तयारी गरिरहेका छन् । उक्त अष्टधातुको काग बनाउने अभियानमा प्रदेश सांसद रामेश्वर फुयाँल लागि परेका छन् ।

सांसद फुयाँलले लोकतान्त्रिक सहिद उद्यान गागललाई संसारमा नेपाललाई चिनाउने कागको मूर्ति निर्माण गरी पर्यटन विकास र प्रर्वद्धन जुटेको बताएका छन् । उक्त कागको मूर्ति निर्माणमा आवश्यक पार्ने कच्च पदार्थहरु प्रत्येक स्थानियवासी तथा कारखानाबाट संकलन गर्ने तयारी रहेको बताएका छन् ।

सम्पदा निर्माणका लागि कवाड संकलन भदौ २८ गतेबाट स्थानीयवासीको घरदैलोमा जाने तयारी रहेको सांसद फुयालले बताएका छन् । उनले सम्पूर्ण गागलवासी, कागेश्वर मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका लगायत देशवासीलाई घर–घरमा रहेको कवाड संकलनमा सहयोग जुटाउन अपिल गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.