मार्टिन्जकाे ह्याट्रिक अर्जेन्टिनाकाे शानदार जित

भदौ २५, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना मेक्सिकोलाई ४-० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनलाई शानदार जित दिलाउनका लागि युवा स्टार लौटारो मार्टिन्जले ह्याट्रिक गरे भने लियान्ड्रो पाराडेसले एक गोल गरे । पहिलो हाफमा नै चार गोल गरको अर्जेन्टिनाले दोस्रो हाफमा कुनै गोल गर्न सकेन । खेल शुरु भएको १७ औं मिनेटमा मार्टिन्जले गोल अर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटमा नै मार्टिन्जले फेरी गोल गर्दै अग्रता दोब्बर बनाए ।

३३ औं मिनेटमा पाराडेसले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनाले ३ ० को अग्रता बनाए । ३९ औं मिनेटमा गोल गर्दै मार्टिन्जले ह्याट्रिक पूरा गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा खेल ४ ० गोल अन्तरले अर्जेन्टिनाले जित्यो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.