पशुपतिमा आरतीअघि राष्ट्रिय गान बजाउन रोक्नेलाई कारवाही

भदौ २४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनपछि भदौ १३ गतेदेखि पशुपतिमा साँझको आरतीअघि राष्ट्रिय गान बजाउन थालिएको थियो ।

पशुपति क्षेत्र विकास कोषमार्फत् मन्त्री भट्टराईले दिएको निर्देशन १० दिन मात्र टिक्यो । उक्त निर्देशनको अवज्ञा गर्दै बागमती गंगा आरती परिवारले सोमबारदेखि राष्ट्रिय गान बजाउन रोकेको छ । अब कोषले राष्ट्रिय गान बजाउन रोक्नेलाई कारवाही गर्ने तयारी थालेको छ । कोषका सदस्य सचिव प्रदीप ढकालले आफुहरूसँग सल्लाह नगरी राष्ट्रिय गान बजाउन बन्द गरिएको भन्दै आपत्ति जनाए ।

आर्यघाटमा मानिसहरू शोकमा भएका बेला राष्ट्रिय गान बजाउन उपयुक्त नहुने भन्दै कतिपयले विरोध गरेका थिए । विरोधपछि दश वर्षदेखि आरती गर्दै आएको गंगा आरती परिवारले सोमबार साझँबाट आरती बन्द गरेको थियो। कोषले आफूसँग कुनै सल्लाह नगरी पहिले दिएको निर्देशनविपरीत आरती रोकेको भन्दै कारबाही अघि बढाउन लागेको हो।

कोषले छलफलको लागि बोलाएपनि उनीहरू गएका थिएनन् । सो संस्थालाई आरती सञ्चालन गर्न दिएको अनुमति अब रद्द गर्ने ढकालको भनाई छ । भविष्यमा कोष आफैंले आरती सञ्चालन गर्नेछ । पशुपतिनाथ आर्यघाटमा २०६४ सालदेखि साँझपख आरती हुँदै आएको छ। सोही आरती सुरू गर्नुपहिले अनिवार्य राष्ट्रिय गान बजाउन मन्त्रीले निर्देशन दिएपछि समर्थन र विरोधमा टिकाटिप्पणी हुँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.