भदौ २३, काठमाडौं । बीपी कोइरालाले ००८ देखि ०१३ सालसम्म लेखेको दैनिकी पुस्तकाकारमा आएको छ । ‘बीपी कोइरालाको डायरी’ नामक उक्त पुस्तक आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री तथा बीपीपुत्र शशांक कोइराला, नेता नरहरि आचार्य, शेखर कोइराला, लेखक पुरुषोत्तम बस्नेत, डा। शोभाकर पराजुली, पत्रकार चन्द्रकिशोर, पुस्तकका सम्पादक तथा सङ्कलक पदमबहादुर थापा, अनुवादक महेश पौडेल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । लोकार्पण समारोहमा बैल्दै अनुवादक महेश पौडेलले आफूले अनुवाद गर्दा बीपीबाट धेरै सिक्ने अवसर पाएको बताए । “बीपीलाई आजसम्म साहित्यकार र राजनीतिक व्यक्तित्वको रुपमा मात्र चिनेकोमा उहाँसित चित्रकारिताको पनि अपूर्ण ज्ञान रहेको डायरी पढ्दा पाएँ,” पौड्यालले भने ।
यसैगरी पुस्तकमाथि बोल्दै शेखर कोइराले यो पुस्तक डायरी मात्र नभएर युवा पिँडीका लागि सङ्घर्षको अभिलेख रहेको बताए । “वहाँको डायरी आफूले तीन पटकसम्म पढिसक्दा पनि अझै चित्तबुझेको छैन फेरि पढौं पढौं लागिरहेको छ र फेरि पनि पढ्छु,” कोइरालाले भने, “यो डायरीले पाठकहरुका लागि बिलकुलै नयाँ विषय र शैली प्रस्तत गरेको छ ।” भावुक मुद्रामा बाबासँगको आप्mनो संस्मरण सुनाउँदै नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले यो पुस्तक बीपी अध्ययन गर्न चाहने र साहित्य, चित्रकारिता बुझ्न चाहनेहरुका लागि पनि उपयोगी रहेको बताए । पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको प्रकाशक शिखा बुक्सले जानकारी दिएको छ ।

