भदौ २२, काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्धतेस्रो विकेट लिएको छ ।
बंगलादेशको तेस्रो विकेट पतन गर्न हरिबहादुर चौहानले हसन जोयलाई आउट गरेका हुन् । तेस्रो नस्बरमा ब्याटिङ गर्न आएका उनलाई ४० रनमा हरिले आउट गराएका हुन् । २ सय ६२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको बंगलादेशले २५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १०३ रन बनाएको छ ।

