भदौ २२, काठमाडौं । महानगरीय प्रहरी प्रभाग साँखुले अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ ।
बा ५ ख ३६६३ नम्बरको गाडीमा सिन्धुपाल्चोकबाट साँखुतर्फ ल्याउँदै गरेको एक सय क्युफिट अवैध काठ प्रहरीले बरामद गरेको हो । गाडी चालक सुजन तामाङलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए । मध्यरातमा गाडीमा काठ ओसारपोसार गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको पन्थीले जानकारी दिए ।
यस्तै प्रभाग साँखुकै टोलीले चोरीको योजना बनाउँदै गर्दा चारजनालाई पक्राउ गरेको छ । यसअघि अवैध बालुवाको कारोबार गर्ने पाँच सवारी साधन र बालुवा उत्खनन् गर्दै आएका ५० जनालाई पक्राउ गरिसकिएको निरीक्षक पन्थीले बताए ।

